आउँदै गर्नू है नानी रमाई रमाई आउँदै गर्नू ।।।
सधैँ भरी बिहान उठी हातमुख धुनू ।।
खाना खाई नाना लाई स्कुलमा आउनू।
आउँदै गर्नू है नानी रमाई रमाई आउँदै गर्नू ।।।
स्कुलमा रमाई रमाई पढ्नु पर्छ नानी ।
खाजा खाई हात धोई पिङ खेल्ने बानी ।।
आउँदै गर्नू है नानी रमाई रमाई आउँदै गर्नू ।।।
स्कुलमा सधैँ भरि पोशाक लगाई आउनू ।
कापी कलम पेन्सिल कटर सबै बोकी ल्याउनू ।।
पढ्दै गर्नु है नानी रमाई रमाई आउँदै गर्नू ।।।
स्कुल हाम्रो कति राम्रो लदाभीर हो नाम ।
हरियाली फुलबारी लदाभीरको सान ।।
आउँदै गर्नू है नानी रमाई रमाई आउँदै गर्नू ।।