बा ले भन्नु हुन्थ्यो
संस्कृत पढ्नु पर्छ ।
अनि पण्डित बन्नु पर्छ,
तर मैले जानी न जानी अङ्ग्रेजी पढेँ
र त मेरो अङ्ग्रेजीले
तोडिदियो मेरा बा को
बाहुनवादी चिन्तन,
न बा ले घोकाउने
न आमाले सिकाउने
न मेरा बाजे ले सिकाउने
कसरी सिक्ने अनि कसरी सिकाउने
द मोर लर्निङ द मोर कन्फ्युजन
थाले मेरो इङ्गलिस लेशन
घरी डिक्सनरी घरी प्रोनन्सिएइशन
घरी डाइलग घरी कन्भर्सेइसन
घरी लेक्चर घरी इक्स्प्लानेइशन
द मोर टेक्निक्स द मोर सस्पिसिअन
वट अ बोरिङ प्रोफेशन
किनभने म एक अङ्ग्रेजी शिक्षक
घरी न्यारेइशन, घरी नेगेशन
घरी क्वेश्चन, घरी प्यासिभाइजेसन
घरी रिपिटेइशन , घरी ट्रान्सफर्मेइशन
द मोर टिचिङ द मोर क्वेश्चन
किनभने म एक अङ्ग्रेजी शिक्षक
घरी ट्रान्सलेशन, घरी डिक्टेइशन
घरी स्पोलिङ, घरी कम्पोजिशन
घरी रोल प्लेइ , घरी ड्रामाटाइजेशन
घरी डिस्कशन, घरी इन्स्ट्रक्शन
द मोर टेक्निक्स द मोर फ्रस्टेइशन
किनभने म एक अङ्ग्रेजी शिक्षक